क्रिप्टोकरेन्सी कम्पनी एफटिएक्स टाट पल्टियाे |
क्रिप्टो करेन्सी एफटिएक्स ट्रेडिङ लिमिटेडका संस्थापक स्याम ब्याकमेन फ्राइडको १६ बिलियन डलरको सम्पत्ति केहि दिनमा नै शून्यमा झरेको छ । कुनै व्यापारीको सम्पत्तिमा भएकाे यो इतिहासकै हालसम्मकाे ठुलो गिरावट हो । कुनै समय स्याम ब्याकमेनको नेटवर्थ २६ बिलियन डलर पुगेको थियो । नेटवर्थमा भएको गिरावटको कारण तरलतापछि कम्पनी टाट पल्टेको छ ।
एफटिएक्स विश्वको अर्को सबैभन्दा ठुलो एफिलिएटेड क्रिप्टो कारोबार गर्ने कम्पनी थियो । ब्लूमबर्ग बिलनेयर्स सूचकले हाल एफटिएक्सको अमेरिकी कारोबारको मूल्य शून्य देखाइरहेकाे छ। जनवरीमा फण्ड रेजिङ राउण्डमा यसको मूल्य ८ बिलियन डलर थियो ।
३० वर्षका स्याम ब्याकमेनले कम्पनीका सीइओ पदबाट राजीनामा दिइसकेका छन् । उनको स्थानमा जोन जे रे ले सीईओ पद सम्हाल्नेछन् ।
"किंग अफ क्रिप्टो" नामबाट चिर परिचित स्याम बैंकम्यानले शुक्रबार माफी माग्दै ट्वीट गरेका छन् । उनले लेखेका छन्, "म माफी माग्छु । आशा गर्छु कि हामी छिट्टै रिकभर गर्न कुनै उपाय भेट्नेछौं ।" यस कम्पनीमा बैंकम्यान फ्राइडको करिब ७० प्रतिशत शेयर रहेको छ ।
एफटिएएकस कसरी टांट पल्टियो ?
एफटिएक्स र बाइनान्स क्रिप्टोकरेन्सी एक्सचेन्जहरु हुन् जसले ग्राहकहरुलाई डिजिटल मुद्रामा व्यापार गर्न अनुमति दिने गर्छ । इंडस्ट्रि डाटा ट्रयाकर कोइन मार्केट क्यापका अनुसार यी दुई एक्सचेन्जहरुले विश्वका सबै क्रिप्टो कारोबारहरूमध्ये धेरैजसो प्रक्रिया चलाउने गर्छन् ।
यस एक्सचेन्जलाई स्याम बैंकम्यान फ्राइडले संचालन गरेका थिए । यसको प्रमुख कार्यालय बहामासमा अवस्थित छ । यद्यपी सर्वाधिक ठुलो एक्सचेन्ज बाइनान्स हो जुन अर्बपति चाङपेङ झाओद्वारा सञ्चालित छ । यसको कुनै आधिकारिक मुख्यालय छैन र धेरैजसो अमेरिका बाहिर काम गर्दछ । एफटिएक्समा प्रारम्भिक लगानीकर्तामध्ये एक बाइनान्स पनि थियो ।
एफटिएक्समा एफटिटी भनिने नेटिभ क्रिप्टोकरेन्सी टोकन समावेश हुन्छ, जसलाई व्यापारीहरुले लेनदेन शुल्कको भुक्तानी जस्ता कार्यहरुकालागि प्रयोग गर्दछन् । गत वर्ष झाओले एफटिएक्समा आफ्नो हिस्सा बैंकम्यान फाइडलाई बेचेको थियो ।
यसकालागि फ्राइडले एफटिटी टोकनबाट आंशिक रुपमा भुक्तानी गर्यो । नोभेम्बर २मा क्रिप्टो प्रकाशन गर्ने कोइन डेस्कले एक लीक भएको कागजातकाबारेमा रिपोर्ट प्रकाशित गरेको थियो । यस रिपाेर्टबाट बैंकम्यान फ्राइडले संचालन गरेको एक हेज फण्ड, अल्मेडा रिसर्चमा असामान्य रुपमा ठुलो मात्रामा एफटिटी टोकनहरु राखिएको बताइएकाे थियो ।
एफटिएक्स र अल्मेडा अलग अलग व्यापार भएपनि रिपोर्टमा उनीहरुकाबीच घनिष्ठ वित्तिय सम्बन्ध भएको बताइएको छ । यस रिपोर्ट सार्वजनिक भएपछि बाइनान्सले नोभेम्बर ६मा आफ्नो एफटिटी टोकन बिक्री गर्ने घोषणा गरेको थियो । जसकारण एफटिटीको मूल्यमा गिरावट आयो र कारोबार गर्नेहरु यस त्रासले एफटिएक्सबबाट बाहिर निक्लन हतार गरेका थिए ।
एफटिएक्सले तीन दिनमा अनुमानित ६ बिलियन डलरको विड्रल अनुरोध प्राप्त गरेको थियो । एफटिएक्स अचानक निकासी अनुरोधका कारणले तरलता संकटमा पर्यो अर्थात् यो निकासीको अनुरोधलाई प्रशोधन गर्ने स्थितीमा थिएन ।
बाइनान्सले एफटिएक्स किन्ने ?
एफटिएक्सको तरलता संकटकाबीचमा बाइनान्सले मंगलबार एफटिएक्स किन्ने बताएकाे थियाे । यद्यपी,झाअेले भने बाइनान्स कुनै पनि समयमा सम्झौताबाट बाहिर निस्कन सक्ने स्पष्ट पारेका थिए। यस सम्झौतापछि बैंकम्यान फ्राइडले यो सम्झौताले ग्राहकहरुको सुरक्षा गर्ने र एफटिएक्सलाई व्यापारीको निकासी प्रकृया पुरा गर्न सक्षम हुने बताएका थिए । सोही बीचमा उनले एफटिएक्स र बाइनान्सबीचको द्वन्द्धको अफवाह हटाउने प्रयास पनि गरेका थिए ।
ताेडियाे बाइनान्स र एफटिएक्सबीचकाे सम्झाैता
तर बुधबार भने बाइनान्सले एफटिएक्स नकिन्ने घाेषणा गर्याे । सम्झाैता ताेडिनुकाे मूख्य कारण कर्पाेरेट लगनशिलता बताइएकाे छ । बाइनान्सले नियामक अनुसन्धान र दुरूपयाेग काेषकाे रिपाेर्ट पनि कारण भएकाे बताएकाे थियाे । एक कम्पनीमा प्रमुख खेलाडि असफल हुँदा खुद्रा उपभाेक्ताहरूकाे पनि नाेक्सनी हुने कम्पनीले बताएकाे छ । याे शुक्रबार बैंकम्यान फ्राइडकाे राजीनामाकासाथै एफटिएक्सले बैंकरप्सी पनि सामना गर्नु परेकाे थियाे ।