स्वाभिमान लघुवित्त नोक्सानमा |
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा स्वाभिमान लघुवित्त ६७ लाख ८२ हजार रुपैयाँ नोक्सानमा छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै यसको खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी ६८.२९% ले घटेर ६७ लाख १३ हजार रुपैयाँमा सीमित भएको छ ।
यता, गत वर्ष ४८ लाख ९६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको यस संस्था यो वर्ष ६७ लाख ८२ हजार रुपैयाँ सञ्चालन नोक्सानमा छ । नाफा घटेसँगै प्रतिसेयर आम्दानी ऋणात्मक बनेको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २२ रुपैयाँ २८ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ २७ पैसा छ ।