ट्रुकेयरद्वारा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय शैलीको फार्मेसी र सौन्दर्य स्टोर सञ्चालनमा |
एकान्तकुना, ललितपुर । ललितपुरको एकान्तकुनामा नेपालकै पहिलो अन्तराष्ट्रिय शैलीको औषधी तथा सौन्दर्य स्टोर, ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर सञ्चालनमा आएको छ । विभिन्न आमन्त्रित अतिथीहरुको उपस्थितिमा सो स्टोरको उद्घाटन गरिएको छ । स्टोरको उद्घाटन नेपालकी अग्रगामी मेकअप आर्टिस्ट स्नेह राणाले गरेकी हुन ।
ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर नेपालकै पहिलो अन्तर्राष्ट्रिय शैलीको फार्मेसी हो । औषधि र औषधि–जन्य उत्पादनहरुका साथै, यस स्टोरमा सुप्रसिद्ध स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डका सौन्दर्य, स्वास्थ्य, फिटनेस र वेलनेस उत्पादनहरू ग्राहकहरूले एउटै छाना मुनि पाउनेछन ।
समारोहमा आयोजित छोटो प्रेस साक्षातकार कार्यक्रममा ट्रुकेयरका प्रमुख कार्यकारी अधिकृत, शाश्वत बज्राचार्यले “ट्रुकेयर फार्मेसी र ब्यूटीस्टोरले ग्राहकहरुको अनुभवलाई उच्च प्राथमिकतामा राख्ने” बताएका छन् । साथै उनले भने –” हामी नेपालीहरूले पनि अन्तराष्ट्रिय स्तरको फार्मेसी र वेलनेस स्टोरमा शपिङ गर्न पाउनुपर्छ र नेपालमा पनि उच्च स्तरको सेवा र विश्वस्तरका उत्पादन र अनुभव प्रदान गर्न सकिन्छ भन्ने मूख्य अभिप्रायः राखेर यो ट्रुकेयर फार्मेसी र ब्यूटी स्टोर खोलिएको हो ”।
छिट्टै रिटेल आउटलेटहरूको संख्या बढाउने योजना बनाएका, बज्राचार्य नेपालको स्वास्थ्य र वेलनेस क्षेत्रमा भइरहेको प्रगति र विकास देखेर उत्साहित छन् । उनी भन्छन्, “ग्राहकहरुलाई यो फरक र नयाँ अनुभव हुनेछ किनभने हामी वहाँहरुलाई साँच्चिकै विस्वस्तरको सेवा प्रदान गर्न चाहन्छौं। त्यसैले हामीले हाम्रो स्टोरको नाम ट्रुकेयर (साँचो सेवा) राखेका छौं।“
ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर जावलाखेल – एकान्तकुनामा, स्विस दूतावासको छेउमा रहेको छ र हप्ताको सातै दिन खुला रहने छ । ट्रुकेयरमा सम्पर्क गर्नु परेमा हजुरहरुले सामाजिक सञ्जाल (Instagram/TikTok/Facebook) @trucarenp मार्फत गर्न सक्नुहुन्छ ।