मेलम्ची आयोजनाका कर्मचारीले शुरु गरे धर्ना |
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका कर्मचारीले ठेकेदार कम्पनी सीएमसी भाग्न खोजेको भन्दै धर्ना शुरु गरेका छन् । तलब भत्ता लगायतका पारिश्रमिक नदिई ठेकेदार कम्पनी सीएमसी भाग्न खोजेको भन्दै कर्मचारीले धर्ना शुरु गरेका हुन् ।
ठेकेदार कम्पनीको साइट कार्यालयमा बुधबार आयोजनाका कर्मचारीले धर्ना दिएका छन् । मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले कर्मचारीका मागका विषयमा छलफल गरी टुङ्गो लगाउने आश्वासन दिए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको कर्मचारीले गुनासो गरेका छन् ।
कर्मचारीका मागका विषयमा थप छलफल तथा सहमति नभएसम्म आन्दोलन जारी राख्ने कर्मचारीले बताएका छन् ।