राजेन्द्र लिङदेनले मात्र विपीलाई सम्झिए : मनिषा कोइराला |
काठमाडौं । विश्वश्वर प्रसाद कोइराला (विपी)की नातिनी तथा बलिउड अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गण्डकीमा आयोजना गरेको चुनावी सभामा देखिएकी छिन् । राप्रपाको शक्ति प्रदर्शन गर्ने चुनावी सभामा बोल्दै उनले विपीको सिद्धान्त (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मात्र अनुसरण गर्ने बताइन । उनले सबैले बिर्सिएको भए पनि राप्रपा अध्यक्ष लिङ्देनले सम्झिराखेको बताएकी छिन् ।
स्याङ्जाको वालिङ हुँदै पोखरा आएकी उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभालाई संवोधन गर्दै उनले वीपीको बाटोमा हिँडेकै कारण आफू लिङ्देनसँग उभिएको बताइन् ।
काठमाडौंको वसन्तपुरमा शुक्रबार आयोजित कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, नेता बुद्धिमान तामाङ, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगायतका नेताहरूले सम्वोधन गरेका थिए ।