ज्योति विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता |

काठमाडौं । ज्योति विकास बैंक र सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटालिटीबीच छुटसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झोतापत्रमा बैंकको तर्फबाट नायब महाप्रबन्धक सुशीलकुमार शर्मा र त्यस संस्थाका तर्फबाट कर्पोरेट प्रबन्धक सुरज प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब एनआई एशिया बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरूले उक्त संस्थाका देशभर रहेका सम्पूर्ण होटेल तथा रेस्टुरेन्टका शाखा सञ्जालहरूबाट विभिन्न सेवा तथा सुविधाहरूमा विशेष छुट पाउने भएका छन् ।
सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटालिटीअन्तर्गत होटेल कैलाली सिद्घार्थ प्रा.लि. टीकापुर, पिस सिद्घार्थ कटेज रेस्टुरेन्ट प्रा.लि. र भ्यू होटेल सिद्घार्थ प्रा.लि नेपालगन्ज, सिद्घार्थ रिसोर्ट प्रा.लि. चिसापानी, कैलाली, सिद्घार्थ रिभर साइड रिसोर्ट प्रा.लि चुम्लिङटार, चितवन, सिद्घार्थ कटेज रेस्टुरेन्ट बुटवल, होटेल सिद्घार्थ सुन्धारा, काठमाडौं, सिद्घार्थ कटेज रेस्टुरेन्ट एण्ड बार प्रा.लि., तिनकुने, काठमाडौंलगायत गरी १८ वटा होटेल तथा रेस्टुरेन्टहरू सञ्चालनमा रहेका छन् ।
यस बैंकका ग्राहकहरूले बैंकको एटीएम कार्ड र बैंकका कर्मचारीहरूले बैंकको परिचयपत्र देखाई यो सुविधाको लाभ लिन सक्ने बताइएको छ ।