सकारात्मक सोचको लागि सकारात्मक सोधखोज विषयक तालिम शुरु |
काठमाडौं । कान्तिबाल अस्पतालको आयोजना तथा नेसनल इन्टिच्यूट फर क्यारियर डेभलपमेण्ट (मिडिया हाउस)को ब्यवस्थापनमा २ दिने “सकारात्मक सोधखोज”को तालिम एक समारोहकाबिच कान्तिबाल अस्पतालका अध्यक्ष डा. बाबुराम गौतमले उद्घाटन गरे ।
उद्घाटनकै क्रममा डा. बाबुराम गौतमले यस तालिमले सकारात्मक सोचको एउटा तंरग ल्याउने र यस तालिमले कर्मचारीहरुको कामगर्ने जोश जाँगरमा थप उर्जा पुग्ने कुरा बताए । डाक्टर,स्टाफनर्स, कर्मचारी तथा अन्य भूमिकामा कामगर्ने ४० जनाको सहभागीता रहेको यस तालिममा विशेष अतिथि “गुणस्तर मापन तथा नियमन महाशाखा” प्रमुख डा.मदनकुमार उपाध्यायले तालिमको सफलताको कामना गरे ।
अर्का विशेष अतिथि कान्तिबाल अस्पतालका निर्देशक डा.युवानिधि बसौलाले तालिमको बारेमा स्पष्टपार्दै तालिमले सबैजनाको कामगर्ने जाँगर र गुणस्तर बढ्ने छ भन्ने विश्वास व्यक्त गरे । कार्यक्रममा कान्तिबाल अस्पताल विकाश समितिका सदस्य कपिल देव लामेछानेको पनि उपस्थित थियोे । अर्का अतिथि नर्सिग विभागका प्रमुख सहप्राध्यापक रोशनीलक्ष्मी तुई तुईले सकारात्मक सोचको तालिमले सकारात्मक परिणाम आउने कुरामा आफ्नो विश्वास रहेको कुरा व्यक्त गरिन ।
कार्यक्रममा नेसनल इन्टिच्यूट फर क्यारियर डेभलपमेण्ट (मिडिया हाउस)की कार्यकारी निर्देशक सहनशीला शर्माले खादा ओडाउनुकासाथै मायाको चिनो प्रदान गरी अतिथिहरुको स्वागत गरेकी थिइन ।
बरिष्ठ प्रशिक्षक रुपेन्द्र मर्हजनबाट संचालित यस तालिम २ दिनको हुने कुरा कार्यक्रम संयोजक द्धय अशेष खनाल र उज्वलराज गौतमले बताए । कार्यक्रमको समापन साउन्ड थेरापिष्ट मंगलमान मर्हजनले गराउने कुरा नेसनल इन्टिच्यूट फर क्यारियर डेभलपमेण्ट (मिडिया हाउस)का व्यवस्थापक विष्णु खड्काले जानकारी गराए ।