‘अस्ट्रेलियन एजुकेशन ग्रान्ड सेमिनार–२०१८’ शुक्रवार आयोजना गरिदै |

काठमाडौं । अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई लक्षित गर्दै शुक्रबार काठमाडौंमा ‘अस्ट्रेलियन एजुकेशन ग्रान्ड सेमिनार–२०१८’ आयोजना हुने भएको छ । एस्टयुट एजुकेशन नेटवर्कको आयोजनमा सो सेमिनार हुन लागेको हो ।
राजधानीको ठमेलस्थित सरस्वती क्याम्पस नजिकै अस्टिच्युटकै हलमा विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुने उक्त अस्ट्रेलियन एजुकेशन ग्रान्ड सेमिनारमा अस्ट्रेलियाका विभिन्न १५ वटा प्रतिष्ठित कलेजहरुको सहभागिता रहने बताएको छ ।
नेपाली विद्यार्थीको आकर्षक शैक्षिक गन्तव्यका रुपमा रहेको अस्ट्रेलियाको शैक्षिक प्रणाली, अस्ट्रेलियामा उच्च शिक्षा प्राप्त गर्नका निम्ति आवश्यक प्रक्रिया लगायतका बारेमा नेपाली विद्यार्थीलाई जानकारी दिन सेमिनार आयोजना गरिएको हो ।
अस्ट्रेलियाका भीआईबीई कलेज, टीएमजी कलेज, एक्सिस कलेज, युआई संस्था, स्काइलाइन इन्टरनेशनल कलेज, आइत कलेज, भाइब कलेज. आईएनटी कलेजलगाएतका कलेज सहभागी हुने ‘अस्ट्रेलियन एजुकेशन ग्रान्ड सेमिनार–२०१८’ प्रवेश निःशुल्क रहेको छ ।