सिटिजन्स बैंकका ग्राहकलाई ब्लू क्रस हस्पिटलमा विशेष छुट |

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ब्लू क्रस हस्पिटल प्रालि त्रिपुरेश्वरबीच बैंकका ग्राहकहरु लाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र हस्पिटलका तर्फबाट व्यवस्थापन समूहका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट÷क्रेडिट कार्डवाहक ग्राहक तथा परिवारका सदस्यहरुले ब्लू क्रस हस्पिटलमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।