अब सेञ्चुरी बैंकको एटीएम नारायणगढमा |

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ग्राहकहरुको सेवामा थप विस्तार गर्ने उदेश्यले चितवनको नारायणगढ शाखा, बेलचोकमा पुस ३ गतेबाट एटीएम सेवा संचालनमा ल्याएको छ ।
यो एटीएम सेवा शुरु गरे पश्चात् बैंकले ५८ वटा एटीएमबाट सेवा प्रदान गर्नेछ । बैंकका प्रमुख सञ्चालक अधिकृत दिपेश प्रधानले एटीएमको उद्घाटन गरेका हुन् ।
बैंकको काठमाडौं उपत्यकामा १२ शाखा तथा ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९५ शाखा तथा २ वटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।
साथै बैंकले १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२७ स्थानबाट कारोबार संचालन गरिरहेको छ ।