सुन–चाँदीको भाउ घट्ने क्रमले पायो निरन्तरता, आजको मूल्य कति ? |
काठमाडौं । सुन–चाँदीको भाउ घट्ने क्रमले शुक्रबार पनि निरन्तरता पाएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, बिहीबार छापावाल सुन तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ १२ सय ८५ रुपैयाँ कायम रहेको थियो ।