ग्रील तथा स्टील व्यवसायी संघमा नयाँ कार्यसमिति चयन |
काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंको सातौ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । मंगलबार काठमाडौ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको तेस्रो अधिवेशनले सुनिल अमात्यको अध्यक्षतामा २९ नयाँ कार्यसमिति चयन गरेको छ ।
सो अधिवेशनले संघको वरिष्ठ उपाध्यक्षमा अनिल कुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा राजुलाल श्रेष्ठ, द्धितिय उपाध्यक्षमा रोहित श्रेष्ठ, तृतीय उपाध्यक्षमा भरत लामिछाने, उपाध्यक्षमा रामप्रमोद ठाकुर, राजेश श्रेष्ठ, जुद्द बहादुर चन्द, पुर्ण माया सारु महासचिवमा पशुपति श्रेष्ठ, सचिवमा हरि लामिछाने, दिनेश बसिस्ठ, तोकबहादुर गहतराज, कोषाध्यक्षमा नवराज पनेरु, सहसचिवमा गोपाल कार्की चयन गरेको छ ।
त्यस्तै, सदस्यहरुमा कर्ण ब. श्रेष्ठ, हरिभक्त श्रेष्ठ, ठमनाथ न्यौपाने, बुद्ध तामाङ, दिनेश कुमार दाहाल, हाकु बहादुर श्रेष्ठ, शिवलाल श्रेष्ठ, शर्मिला कार्की रिमाल, उत्तम श्रेष्ठ, गंगा बहादुर श्रेष्ठ, सिताराम विक, भमान रोइला, बिमल श्रेष्ठ र गणेश थामी निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै कामपाकी उपप्रमुख डंगोलले महानगरपालिका भित्र सञ्चालित ग्रील उध्योगको यकिन डाटा नहुँदा व्यवसाय अव्यवस्थित भएको बताइन् । साथै उनले महानगरपालिकाले पाउनु पर्ने राजस्व समेत गुमेको हुनाले सबै ग्रील ब्यवसायलाई सहज किसिमले दर्ता गराइ वैधानिकता प्रदान गर्न महनगरपालिकाले सहयोग गर्ने बताइन ।
कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवालले सरकारको झन्झटिलो प्रकृयाको कारण ब्यवसायिले चाहेर पनि दर्ता गर्न नसकेको बताउँदै सबै अवैध ग्रील व्यवसायीलाई कानुनी दायरामा ल्याएर व्यवस्थीत गर्नु पर्नेमा महानगरपालिकाले विशेष भुमिका निर्वाह गर्नु पर्ने बताए ।
साथै उनले कोभिड र डेङुबाट नराम्रो सँग थला परेको ग्रील व्यवसाय हालको आर्थिक मन्दी र चर्को बैंक ब्याजको कारण संकटमा परि बन्द हुने अवस्थामा पुगेको हुँदा सरकारले तत्कालै राहतको कार्यक्रम ल्याउनु पर्ने बताए ।
कार्यक्रममा सभापति काठमाडौ जिल्ला अध्यक्ष यज्ञ दास श्रेस्ठले भारत तथा तेस्रो देशबाट आएका अवैध ग्रील व्यवसायीका कारण वैधानिक स्थापित ग्रील व्यवसायीहरु धरासायी बन्दै गएको हुनाले त्यस्ता व्यवसायिलाई कानुनी दायरामा ल्याइ ब्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
अधिवेशनमा उत्कृष्ट काम गर्ने ब्यवसायिहरु इकाइ समितिहरु क्षेत्रीय समितिहरु बिज्ञापन दाताहरुलाइ सम्मान पत्र , कदर पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।