मध्यभोटेकोशी हाईड्रोपावरको आइपीओ बाँडफाँड | कसले कति पाए शेयर
काठमाडौं । मध्य भोटेकोशीले जलविद्युत आयोजनाले दुई चरणमा निष्काशन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँड भएको छ । जसमा सञ्चयकोषका कर्मचारीले न्यूनतम ५० देखि अधिकतम १०० कित्तासम्म र संगठित संस्थापक शेयरधनी संस्थाका कर्मचारीलाई न्यूनतम ५० देखि अधिकतम २६० कित्तासम्म शेयर पाएका छन् । दुवै चरणमा निष्कासन गरेको शेयर बाँडफाँड गरिएको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटले जनाएको छ ।
पहिलो चरणमा ५० कित्तादेखि ९० कित्तासम्म आवेदन दिने सबैलाई माग बमोजिम शेयर बाँडफाँड गरिएको छ । २४ हजार आठ सय ६६ जना आवेदकले मग बमोजिम १३ लाख १२ हजार चार सय ९० कित्ता शेयर प्राप्त गरेका छन् । एक सय कित्तादेखि पाँच सय कित्तासम्म माग गर्ने शेयरधनीले ९० कित्ताका दरले शेयर पाएका छन् ।
गोलाप्रथाबाट गरिएको बाँडफाँडमा एक सय कित्तादेखि पाँच सय कित्तासम्म माग गर्ने चार हजार पाँच सय ४३ आवेदकलाई थप १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ ।
दोस्रो चरणमा ५० कित्तादेखि दुई सय ५० कित्ता सम्मकालागि आवेदन दिने पाँच सय ७३ जनालाई माग बमोजिम शेयर बाँडफाँड गरिएको छ । उनीहरूले एक लाख १६ हजार तीन सय ८० कित्ता शेयर पाएका छन् ।
दुई सय ६० कित्तादेखि पाँच सय कित्तासम्म माग गर्ने आवेदकलाई दुई सय पचासका दरले कुल १९ लाख ६६ हजार पाँच सय कित्ता शेयर बाँडफाँड गरिएको छ ।
गोला प्रथाबाट गरिएको बाँडफाँडमा दुई सय ६० कित्तादेखि पाँच सय कित्तासम्म माग गर्ने १७ सय २१ आवेदकले पून १० कित्ताका दरले शेयर पाएका छन् ।