मंगलबार सुनको भाउ सस्तियो, चाँदी भने स्थिर |
काठमाडौं । मंगलबार सुनको भाउ सस्तिएको छ । फागुन ९ गते, सुन तोलामा २०० रुपैयाँले घटेको हो । चाँदीको भाउ भने यस दिन स्थिर रहेको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार भने सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख तीन हजार २०० रुपैयाँ कायम रहेको थियो ।
चाँदीको मूल्य भने निरन्तर दोश्रो दिन स्थिर रहेको छ । आज पनि चाँदी प्रतितोला एक हजार २९० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।