चिलिमे जलविद्युतको साधारण सभा पुस २७ गते |
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा पुस २७ गते हुने भएको छ ।
कम्पनीले मंसिर २६ गते बसेको संचालक समितिको बैठकबाट बाइसौं वार्षिक साधारण सभा पुस २७ गते शुक्रबार बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा हुने भएको छ ।
साधारण सभामा ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको छ । त्यस्तै २० प्रतिशत बोनस शेयर दिन विशेष प्रस्ताव रहेको छ ।