पेट्रोलियम पदार्थको मूल्य घट्यो | पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २⁄२ रुपैयाँ घटाइयो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले करिब १५ दिनको अन्तरमा दोस्रो पटक मूल्य घटाएको हो ।
निगम सञ्चालक समितिको बैठकले मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २⁄२ रुपैयाँ घटाउने निर्णय गरेको हो । इण्डियल आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यका आधारमा समायोजन गरिएको निगमले जनाएको छ ।
नयाँ दरअनुसार अब पेट्रोल प्रतिलिटर ११० रुपैयाँ तथा डिजेल र मट्टितेल ९७ रुपैयाँमा पाइनेछ । निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छैन ।