प्रतिष्ठानमा गरिएको असमावेशी नियुक्तिप्रति जसपाको ध्यानाकर्षण |
काठमाडौँ । जनता समाजवादी पार्टीले एक प्रेस विज्ञप्ति जारी गरी प्रतिष्ठानमा गरिएको असमावेशी नियुक्तिप्रति जसपा, नेपालको ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस विज्ञप्तिमा भिनएकाे छ संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशीता पछिल्लो राजनीतिक आन्दोलनका महत्वपूर्ण उपलब्धीहरु हुन् । यी उपलब्धी हरुलाई संस्थागत गर्नु हामी सबैको दायित्व हो ।
बर्तमान सरकारले राज्यका विभिन्न संरचना, निकाय र आयोगहरुमा नियुक्ति गर्दा जातिय र समुदायिक समानुपातिक समावेशीताको मर्म बिपरीत एकल जातिय प्रभुत्व र ववर्चस्वलाई प्राथमिकता राख्दै आएको छ । यसै क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा गरेको उपकुलपति र प्राज्ञहरूको नियुक्तिप्रति जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
संविधानको मर्म र भावना तथा समावेशिताको सिद्दान्त विपरित गरिएका नियुक्तिहरु सच्चाइ समानुपातिक समावेशीताको मर्म अनुकुल हुने गरी नियुक्ति गर्न जनता समाजवादी पार्टी, नेपाल सरकारसँग जोडदार माग गरेको छ ।