२५ मेगावाटको लिवर्टी इनजीले प्रभावितलाई शेयर जारी गर्दै |
काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले प्रभावित जिल्लाका बासिन्दालाई साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले लमजुङ जिल्लास्थित २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ʽएʼ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
शेयर निष्कासनका लागि कम्पनीले विक्री प्रबन्धकमा एनआईवीएल एस क्यापिटललाई नियुक्त गरेको छ । सम्झौतापत्रमा लिवर्टीका प्रबन्ध संचालक डा. आत्माराम घिमिरे र एनआईबीएल एस क्यापिटलका नायव महाप्रबन्धक कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
कम्पनीको हाल अधिकृत पूँजी १ अर्व ५० करोड छ । यो पूँजीको १० का दरले हुन आउने १५ करोड बराबरको १५ लाख कित्ता शेयर प्रभावितका लागि निष्कासन गर्न लागिएको हो ।
कम्पनीले १५ प्रतिशत शेयर हुन आउने २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता आम सर्वसाधारणका लागि जारि गर्ने छ । शेयर जारीपछि पूँजी १ अर्व ५० करोड रुपैयाँ पुग्ने छ ।