माई खोला हाइड्रोपावरलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डले दियो अनुमति |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले माई खोला हाइड्रोपावर कम्पनीलाई आइपीओ बिक्री गर्ने अनुमति दिएको छ । बोर्डले माई खोलालाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १९ लाख २१ ह्जार ५६८ लाख कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको प्रभु क्यापिटलले गर्नेछ ।
अब, कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ जारी गर्नेछ । त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्नेछ ।