आठ ठाउँमा औद्योगिक ग्राम घोषणा गरिने |
काठमाडौं । सरकारले थप ८ ठाउँमा औद्योगिक ग्राम घोषणा गर्ने भएको छ । बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा थप ८ ठाउँमा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो ।
जुन मण्डनदेउपुर ६, बेथानचोक २, लिखु ४, रघुगंगा २, तोतोपानी ४, रब्दिीकोट ३, रुरुक्षेत्र ४ र अपिहिमाल ४ रहेका छन् । यसका साथै बैठकले बर्ड फ्लु पिडित किसानहरुलाई समेत राहत दिने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले नेपाल इन्जिनियरिङ परिषद् अध्यक्ष पदमा ई.डा. पदम बहादुर शाही, उपाध्यक्ष पदमा ई. डा. विकास अधिकारी र सदस्यमा ई.डा. रेश्मा श्रेष्ठलाई मनोनयन गर्ने समेत निर्णय गरेको छ ।