सुन-चाँदीको भाउ घट्ने क्रमले शुक्रबार पनि निरन्तरता पायो |
काठमाडौं । सुनको भाउ निरन्तर चाैथाे दिन गिरावट भएको छ । फागुन ५ गते, शुक्रबार सुन तोलामा ५०० रुपैयाँले सस्तिएको हो । चाँदीको मूल्य पनि आज घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख २ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख २ हजार रुपैयाँमा झरेको छ ।
बिहीबार पनि सुनको भाउ ओरालो लागेको थियो । हिजो सुन तोलामा ६०० रुपैयाँले सस्तिदा प्रतितोला एक लाख तीन हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यसैगरी, साताको अन्तिम कारोबार दिन, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा किनबेच हुँदैछ ।
अघिल्लो कारोबार दिन, चाँदीको तोलामा पाँच रुपैयाँले गिरावट भएर प्रतितोला एक हजार २८५ रुपैयाँ तोकिएको थियो ।