बलेफी हाइड्रोपावरको विद्युत बिक्रीबाट १५ करोड ७६ लाख रुपैयाँ आम्दानी |
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड २६ लाख २० हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको घाटा ४ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १५ करोड ७६ लाख ७६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसले विद्युत उत्पादन सुरु गरेको थिएन । विद्युत बिक्री सुरु गरेपनि यस कम्पनीले ११ करोड ४२ लाख रुपैयाँ ब्याज भुक्तानी गरेको छ ।
साथै, प्रशासनीक खर्च पनि बढेको छ । जसका कारण यस कम्पनीको नाफा प्रभावित बनेको हो । हाल बलेफीको चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ ।
यसको जगेडा कोष १९ करोड ६५ लाख रुपैयाँले ऋणात्मक छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६१ पैसा नोक्सानीमा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ २५ पैसा छ ।