भारतमा यामाहाकोे यूबीएस सहितको सलुटो आरएक्स ११० र १२५ लन्च |

यामाहा मोटरसाइकलले यूबीएस सहितको सलुटो आरएक्स ११० र सलुटो १२५ बाइक भारतमा लन्च गरेको छ । यी मोटरसाइकलमा यूबीएस अर्थात युनिफाइड ब्रेकिङ सिष्टम उपलब्ध छ । सलुटो आरएक्सको मूल्य ५२ हजार भारुबाट शुरु हुन्छ । यसको डार्क नाइट कलर स्किमको मूल्य ५३ हजार भारु रहेको छ ।
सलुटो १२५ यूबीएसको मूल्य ५८ हजार ८ सय भारु रहेको छ र यसको फ्रन्ट डिस्क ब्रेक सहितको मूल्य ६० हजार ५ सय भारु रहेको छ ।
अन्य बाइकमा हुने सीबीएस अर्थात कम्बाइन्ट ब्रेकिङ सिष्टमलाई नै यामाहाले यूबीएस अर्थात युनिफाइड ब्रेकिङ सिस्टम नाम उपलब्ध गराएको हो । यो एक कम्बी ब्रेकिङ सिष्टम हो जसमा ब्रेक लगाउदा फ्रन्ट र रियर दुबै टायरमा बराबर बल लाग्छ ।
अप्रिल १, २०१९ देखि भारतमा १२५ सीसीको कम पावरको बाइकमा सीबीएस सिष्टम र १२५ सीसी भन्दा बढी पावरको बाइकमा एबीएस सिष्टम लागु गर्ने तयारी भइरहेको छ । यसैलाई ध्यानमा राखेर यामाहाले आफ्नो दुबै भेरिएन्टको बाइक नयाँ फिचर्सको साथमा लन्च गरेको हो ।
सलुटो आरएक्सलाई कम्पनीले कम्युटर बाइकको रुपमा लन्च गरेको हो जसमा ११० सीसीको इन्जिन जडान गरिएको छ जसले ७.५ एचपीको पावर र ८.५ एनएमको टर्क जेनेरेट गर्छ ।
सलुटो १२५ यूबीएस भने अलि बढी पावरफुल मोटरसाइकल हो जसको इन्जिनले ८.३ एचपीको पावर र १०.१ एनएमको टर्क जेनेरेट गर्छ । दुबै बाइकमा ४ स्पिड गियरबक्स समावेश गरिएको छ ।
सलुटो आरएक्स ११० सीसीको प्रतिस्पर्धा टीभीएस रेडिअन, होन्डा सीडी ११०, ड्रिम डीएक्स, बजाज प्लाटिना ११० ईएस तथा हिरो स्प्लेन्डर प्लससँग हुनेछ ।
सलुटो १२५ सँग बजाज डिस्कभर १२५, होन्डा सीबी साइन र नयाँ सुपर स्प्लेन्डरको प्रतिस्पर्धा हुनेछ ।