ईङवा हाइड्रोपावरलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ईङवा हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई फागुन २ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले तप्लेजुङ्ग र पाँचथर जिल्ला सीमानामा रहेको इङवा खोलामा ९.७ मेगावाट क्षमताको अपर ईङवा खोला हाइड्रोपावर आयोजना निमार्ण गर्दैछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ ।