तारागाउँ रिजेन्सी होटल्सले कमायो १० करोड ६१ लाख नाफा |
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार चालू आवको दोस्रो त्रैमाससम्म होटल्सले रू. १० करोड ६१ लाख नाफा कमाएको छ ।
गत आवको दोस्रो त्रैमाससम्म होटल्स रू. १२ लाख ५९ हजार नोक्सानीमा थियो । पछिल्लो समयमा पर्यटन व्यवसायमा सुधार आएकोले होटल्सको सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि भएको छ ।
गत आवको तुलनामा चालू आवमा सञ्चालन आम्दानी सत प्रतिशत वृद्धि भएको छ । गत आवमा होटल्सको सञ्चालन आम्दानी रू. २६ करोड ४७ लाख रहेकोमा चालू आवमा रू. ५३ करोड ११ लाख पुगेको छ ।
त्यस्तै होटल्सको चुक्तापूँजी रू. १ अर्ब ८८ करोड रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्म होटल्सले जगेडामा रू. ५४ करोडभन्दा बढी सञ्चित गरेको छ । होटल्सको प्रतिशेयर आम्दानी रू. ५ दशलमव ६३, मूल्य आम्दानी अनुपात ६९ दशमलव ४८ गुणा, तरलता अनुपात १ दशमलव ८५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३३ दशमलव शून्य ८ रहेको छ ।