स्रोतको समान वितरणको लागि शेयर धितो कर्जामा सिमा तोकियोः गभर्नर अधिकारी |
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैकिङ्ग क्षेत्रको स्रोत सबैलाई समान किसिमले वितरण गर्नका लागि शेयर धितो कर्जामा सिमा तोकिएको बताएका छन्।
आइतबार काठमाडाैंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ठुला लगानीकर्ताले मात्रै धेरै रकमको कर्जा लिएकोले शेयर धितो कर्जाको सिमा अहिले नहटाइएको बताए।
नेपाल राष्ट्र बैंकले बाफियामा तोकिएका संस्थाहरुको मात्रै नियमन गर्ने तर समग्र पूँजी बजारको नियमन नगर्ने बताएका छन्। पूँजी बजारको नियामक धितोपत्र बोर्ड भएकोले राष्ट्र बैंकले पूँजी बजारलाई हेरेर नीति नलिने बताए।
उनले समय समयमा विभिन्न कारणले शेयर बजार घटेपनि अन्तत बजार माथि नै जाने समेत बताएका छन्।