सिटिजन लाइफ इन्सुरेन्सको खुद नाफा ९.१४% ले बढ्यो |
काठमाडौँ । सिटिजन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १२ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा ९.१४% ले खुद नाफा वृद्धि गरेको हो ।
गत वर्ष यसले ११ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो । यता, कम्पनीले खुद बिमा शुल्क भने १.६४% ले बढाएर २ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले २ अर्ब ४२ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
हाल सिटिजनको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ भने यसको रिजर्भ कोषमा १ अर्ब २५ करोड रुपैयाँ छ । पुस मसान्तसम्म जीवन बिमा कोषको आकार पनि ४ अर्ब ८८ करोड रुपैयाँबाट बढेर ७ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।
यसअवधिमा कम्पनीले कुल ८३ करोड ७४ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ भने भुक्तानी हुन बाँकी दाबी रकम १७ करोड १० लाख रुपैयाँ छ ।