ओरियन्टल इन्सुरेन्सको नाफा ९१.३८% ले घट्यो |
काठमाडौँ । ओरियन्टल इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १२ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । खुद नाफा गत वर्षको भन्दा ९१.३८% ले थोरै हो ।
गत वर्ष यस इन्सुरेन्सले २१ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसको बिमा कोषको आकार भने १ अर्ब ८ करोड रुपैयाँबाट बढेर १ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यसको खुद बिमा शुल्क आर्जन पनि घट्न पुगेको छ ।
गत वर्ष ४४ करोड ३५ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको कम्पनीको यो त्रैमासमा घटेर ४३ करोड ५२ लाख रुपैयाँमा झरेको छ । यता, कम्पनीको खुद दाबी भुक्तानी भने १६ करोड ६४ लाख रुपैयाँबाट बढेर २७ करोड ६८ लाख रुपैयाँ कायम भएको छ । ओरियन्टलको जगेडा कोष ३७ करोड ७९ लाख रुपैयाँ रहेको छ ।