नेको इन्स्योरेन्स खुद नाफा १७ प्रतिशतले बढ्यो |
काठमाडौँ । नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १७ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १७.२० प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद बीमाशुल्क भने ११.४६ प्रतिशतले घटेर ८७ करोड २५ लाख रुपैयाँ सीमित छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ९८ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत १६ करोड २ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ७ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३२ करोड १६ लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ सञ्चित छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५० पैसा, प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ ५ पैसा र मूल्य आम्दानी अनुपात ५१.१६ गुणा रहेको छ ।