सामसुङ इलेक्ट्रोनिक्स प्लाजाको कुमारीपाटी शाखा स्वरुम स्तरोन्नति |
काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्स एण्ड होम एप्लायन्सेसको आधिकारिक खुद्रा बिक्रेता सामसुङ इलेक्ट्रोनिक्स प्लाजाले ललितपुरको कुमारीपाटीमा रहेको आफ्नो शोरुमलाई स्तरोन्नति गरेको छ।
गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा र हिमइलेक्ट्रोनिक्सकी निर्देशक सीमागोल्छाद्वारा शोरुमको संयुक्त रूपमा उद्घाटन गरिएको हो। सामसुङ इलेक्ट्रोनिक्स प्लाजा हिम इलेक्ट्रोनिक्स प्रालि अन्तर्गतको सहायक खुद्रा बिक्रेता हो जहाँ सामसुङ होम एप्लायन्सेस देखि सामसुङ मोबाइल फोन सम्मका उत्पादनहरू प्रदर्शन गरिएको छ।
नेपालमा सामसुङ इलेक्ट्रोनिक्सकोआधिकारिक आयातकर्ता र वितरक हिमइलेक्ट्रोनिक्सले उच्च नवीन र गुणस्तरीय सेवाका साथ देशभरका ग्राहकहरूलाई सेवा दिने लक्ष्य राखेकोछ।हिम इलेक्ट्रोनिक्सले बजारमा उत्कृष्ट उत्पादन मात्रै उपलब्ध नगराई, विश्वकै चर्चित उत्पादनहरू पनि उचित मूल्यमा उपलब्ध गराउँछ। आइएमई सेवाहरू मार्फत पनि ग्राहकहरूले सजिलै खरिद गर्न सक्ने विकल्प पनि रहेको छ।
कम्पनीले विगत २२ वर्ष देखि आफ्ना ग्राहकहरूलाई उत्कृष्ट गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ।