गुराँस लाइफको खुद बीमाशुल्क घटेपनि नाफा भने ६१.५९ प्रतिशतले बढ्यो |
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ४२ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ११.५७ प्रतिशतले कम हो ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ अर्ब ६० करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट ५७ करोड ४० लाख रुपैयाँ, बीमालेख धितोमा १ अर्ब ३२ करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरी ६ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
यस अवधिमा कम्पनीको खुद बीमाशुल्क घटेपनि नाफा भने ६१.५९ प्रतिशतले बढेर १२ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ७ करोड ८९ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।
चुक्ता पूँजी २ अर्ब २३ करोड ९३ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ५४ करोड ७१ लाख रुपैयाँ, जीवन बीमा कोषमा १३ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ र महाविपत्ती कोषमा ८ करोड ७८ लाख रुपैयाँ सञ्चित छ ।
इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३९ पैसा, प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ३५ पैसा र मूल्य आम्दानी अनुपात ३९.५९ गुणा रहेको छ ।