आइएमई जनरलको खुद बीमाशुल्क र नाफा दुबै बढ्यो |
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ७.८७ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १२ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
इन्स्योरेन्सको खुद बीमाशुल्क पनि ७.७९ प्रतिशतले बढेर ४० करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ३७ करोड ६३ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै, कम्पनीले पुनर्बीमा कमिशन वापत १२ करोड ४३ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्यबाट २ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी एक अर्ब ७० करोड १६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३२ करोड ८० लाख रुपैयाँ र बीमा कोषमा ६१ करोड ११ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १५ रुपैयाँ ३९ पैसा, प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ १९ पैसा र मूल्य आम्दानी अनुपात ३१.२० गुणा बढी छ ।
कम्पनीले यस अवधिमा ५७ हजार २०५ वटा बीमालेख जारी गरी ९० करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
यस अवधिमा कम्पनीले २ हजार ९६४ वटा कुल दाबी बापत ३९ करोड १ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ७ हजार ७८७ वटा दाबी बापत १ अर्ब २८ करोड १८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।