एसियन हाइड्रोपावरको आजदेखि आइपीओ बिक्री खुला |
काठमाडौं । एसियन हाइड्रोपावरले आज (माघ २७ गते) शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ बिक्री खुला हो । यस कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१% अर्थात ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको थियो । जसमध्ये १०% अर्थात ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।
यस्तै, ५% अर्थात ४२ हजार कित्ता सामूहिक लगानी कोष र २% (१६ हजार ८ सय कित्ता) कर्मचारीहरुलाई छुट्याइएको छ । बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्नेछन् । यसमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन १२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ ।
रेटिङ एजेन्सी केयर नेपालले एसियन हाइड्रोपावरलाई ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औषतमा जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ साल असार १७ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० वैशाख १५ गतेसम्म बाहल रहनेछ ।