नेपाल इन्सुरेन्सको खुद नाफा ४७.६५% ले बढ्यो |
काठमाडौँ । नेपाल इन्सुरेन्सको खुद नाफा ४७.६५% ले बढेर चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १५ करोड ३२ लाख ७८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यस इन्सुरेन्सले १० करोड ३८ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यसअवधिमा खुद बिमा शुल्क १०% ले घटेर ३९ करोड १९ लाख ६० हजार रुपैयाँमा आएको छ । यद्दपि, लगानी, कर्जा तथा अन्यबाट आम्दानी ९६.८०% ले बढेर ११ करोड ४० लाख ७५ हजार रुपैयाँ पुगेपछि खुद नाफा सुधार भएको हो ।
बिमा कोषको आकार ३३.८७% बढेर ८२ करोड ९८ लाख ९ हजार रुपैयाँ पुगेको छ । यता, रिजर्भ कोषमा पनि सुधार भएको छ । गत वर्षको तुलनामा ५.४२% ले रिजर्भ कोष बढेर ४७ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।
खुद नाफामा सुधार भएपछि नेपाल इन्सुरेन्सको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५२ पैसाले बढेर २२ रुपैयाँ २३ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १९४ रुपैयाँ ८२ पैसा छ ।