आरम्भ माइक्रोफाइनान्सकोे ७० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव |
काठमाडौ । आरम्भ माइक्रोफाइनान्सले चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । माइक्रोफाइनान्सको १२६ औं सञ्चालक समितिको बैंठकले हकप्रद निष्काशन गर्ने निणर्य गरेको हो ।
माइक्रोफाइनन्सले हाल कायम ६ करोड चुक्ता पूँजीको ७० प्रतिशत अर्थात ४ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको हो । माइक्रोफाइनान्सले हकप्रद चौथो वार्षिक साधारणबाट स्वीकृत भए पछि मात्र जारी गर्नेछ ।
माइक्रोफाइनान्सले हकप्रद निष्काशनको प्रस्ताब पारित गर्न साधारण सभाको मिति पछि तय गर्ने छ । हाल माइक्रोफाइनान्सको चुक्ता पूँजी ६ करोड रुपैयाँ छ । हकप्रद निष्काशन पछि माइक्रोफाइनान्सको चुक्ता पूँजी १० करोड २० लाख रुपैयाँ पुग्ने छ ।
त्यसैगरी, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा माइक्रोफाइनान्स ९ लाख २३ हजार रुपैयाँ नोक्सानीमा छ भने प्रति शेयर आम्दानी एक रुपैयाँ ५४ रुपैयाँले ऋणात्मक रहेको छ ।