कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लीला प्रकाश सिटौलाको बिदाइ |
काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले आफ्नो कार्यकाल पूरा गर्दै बिदा लिएका छन् । २०७१ मङ्सिर २८ गतेदेखि सो पदमा रही कार्य गर्दै आएका उनको यही मंसिर २७ गतेदेखि कार्यावधि सकिएको हो ।
सिटौलाले समग्र व्यवसाय विस्तार, बैंकभित्र सु–शासन कायम गरी बैंकलाई उच्च मुनाफामा पुर्याई अग्रणी बैंकको रूपमा स्थापित गर्दै आफ्नो ४ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरी बिदा लिएका हुन् ।
बिदाइ कार्यक्रममा बैंकका उच्च व्यवस्थापकका रूपमा रहेका उप–महाप्रबन्धकहरू पूर्णप्रसाद आचार्य, अरुणकुमार ढुंगाना, प्रताप सुवेदी, चुडामणि तिमिल्सेना, विभागीय प्रमुखहरूलगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।