क्यान इन्फोटेक मेलाको टिकेटिङ पार्टनरमा ‘पे वेल’ |
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा यही माघ २४ देखि २९ सम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने क्यान इन्फोटेक मेलाको टिकेटिङ पार्टनरको रुपमा 'पे वेल' जोडिएको छ ।
सन् १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेकोमा सन २०२२ मा इन्फोटेकको २७औं संस्करण सफलतापूर्वक सम्पन्न भएको थियो। नेपालमा सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरुपमा आयोजना हुने प्रदर्शनी तथा सम्मेलन मुलुककै ठूलो प्रदर्शनीका रुपमा स्थापित भएको छ। क्यान इन्फोटेकको अवलोकनका लागि सर्वासाधारणलाई रु. १०० र विद्यार्थीलाई रु. ५० शुल्क निर्धारण गरिएको छ। इन्फोटेकको टिकेटिङ पार्टनर पेवेलको मोबाइल एप डाउनलोड गरी एपबाटै रु. २५ मा टिकेट खरिद गर्न सकिने व्यवस्था ल्याइएको छ।
सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ। प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन्।
अन्तराष्ट्रिय स्तरको नविनतम प्रविधिको प्रयोग गरी सुरक्षित , सहज र भरपर्दो सेवा प्रदान गर्न कम्पनी प्रतिबद्द रहेको पे वेल का सिइओ सत्यन्द्र श्रेष्ठले बताए ।
पे वेल नेपालबाट विद्युत, खानेपानी, हस्पिटल, होटल, रेष्टुरेन्टको बिल भुक्तानी गर्न, टेलिफोन, इन्टरनेट र टेलिभिजनको रिचार्ज गर्न, विद्यालय, कलेजको फि तिर्न, हवाइ टिकट र अन्य युटिलिटी सर्भिसेजहरुको भुक्तानी गर्न सकिने कम्पनिले जनाएको छ ।तेस्तै सरकारी राजश्व भुक्तानी, शेयर खरिद बिक्रीको भुक्तानी, तथा सहज सरल र सुरक्षित तरिकाले रकम समेत पठाउन सकिने समेत कम्पनिले जनाएको छ ।