मिर्मिरे लघुवित्तको मुनाफामा किन आयो गिरावट |
काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा नाफा ५८.८२% ले थोरै हो ।
गत वर्ष यसले १३ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यता, कम्पनीको खुद ब्याज आम्दानी भने २२.७४% र सञ्चालन नाफा ५८.८२% ले घटेको छ । यसले गर्दा नाफा प्रभावित हुन पुगेको छ । यता, नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ ।
गत वर्ष ५५ रुपैयाँ ९१ पैसा प्रतिसेयर आम्दानी रहेको यसको यो त्रैमाससम्म आईपुग्दा ३८ रुपैयाँ ५० पैसाले घटेर १७ रुपैयाँ ४१ पैसामा झरेको छ । चुक्ता पुँजी ६५ करोड ३३ लाख रुपैयाँ रहेको यस मिर्मिरेको जगेडा कोषमा ३२ करोड ४२ लाख रुपैयाँ छ । यसको खराब कर्जा भने १.५५% बाट बढेर ३.८४% भएको छ ।