साना किसान लघुवित्तको नाफा ३४.३३% ले बढ्यो |
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा साना किसान लघुवित्तको नाफा ३४.३३% ले बढेर ४३ करोड ४९ लाख ६४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३२ करोड ३८ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा पनि बढेको हो ।
खुद ब्याज आम्दानी ३७.४४% ले बढेर ८४ करोड ९८ लाख ७० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६१ करोड ८३ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा ३४.३९% ले बढेर ६२ करोड ३ लाख ११ हजार रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १४ रुपैयाँ ०७ पैसाले बढेर ५५ रुपैयाँ ६१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २९४ रुपैयाँ ४९ पैसा छ । साना किसान लघुवित्त र आरएमडीसी लघुवित्त मर्जरको अन्तिम तयारीमा रहेका छन् ।