सेञ्चुरी बैंकको ३ वटा नयां शाखारहित बैकिङ्ग सेवा शुरु |

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले हालै ३ नयां शाखारहित बैकिङ्ग सेवा सुचारु गरेको छ । बैंकले कालिन्चोक–५ दोलखा, सुरु–३ दोलखा र इलाम नगरपालिका वडा न.– ९, भञ्ज्याङ्गबाट शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।
बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै उद्घाटन पश्चात् १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२७ स्थानबाट कारोबार संचालन गरिरहेको छ ।