हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित सिनर्जी पावरले विशेष साधारण सभा बोलायो |
काठमाडौं । हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले विषेश साधारण सभा बोलाएको छ । कम्पनीले फागुण ४ गते बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा विषेश साधारण सभा बोलाएको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात हाल कायम २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीलाई हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगले माघ १२ गते स्वीकृती दिएको थियो ।
कम्पनीले १० मेगावाट क्षमताको दोलखा जिल्लामा निर्माणाधिक सिप्रिङ खोला जलविद्युत आयोजना प्रबद्र्धन गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको जनाएको छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ २५ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार माघ २४ गतेसम्म कायम शेयरधनी मात्रै सभामा सहभागि हुन सक्नेछन् ।