माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा पुस २० गते | १० प्रतिशत नगद लाभांश पारित, पुस ६ गतेदेखि शेयरधनी किताब खाता बन्द
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले २०औं वार्षिक साधारणसभा आगामी पुस २० गते बोलाएको छ । बैंकको बुधवार बसेको ३८५औं सञ्चालक समितिको बैठकले होटल पोखरा ग्राण्डमा बस्ने साधारणसभाले साधारण शेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।
बैंकले साधारणसभामा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र अघिल्लो आवको वित्तीय विवरण पनि पारित गर्नेछ । साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचनसमेत गर्ने भएको छ ।
त्यस्तै, अन्य बैंक तथा वित्तीय संस्थाहरूलाई गाभ्ने वा गाभिने तथा विदेशी साझेदार भित्र्याउने सम्बन्धमा निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव समेत साधारणसभामा पेश गरिने भएको छ । बैंकले आफैं वा सहायक कम्पनी स्थापना गरी बीमा व्यवसाय, भेञ्चर क्यापिटल, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङलगायतका कार्यहरू गर्ने एजेण्डासमेत साधारणसभामा पारित गर्नेछ ।
साधारणसभा प्रयोजनका लागि बैंकले पुस ६ गतेदेखि शेयरधनी किताब खाता बन्द गर्दै छ । पुस ५ गतेसम्म आफ्नो नाममा शेयर कायम भएका शेयरधनीले तोकिएको १० प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् भने साधारणसभामा सहभागिता जनाउन पाउनेछन् । सञ्चालकको उम्मेदवारका लागि भने कम्तीमा १०० कित्ता संस्थापक शेयर आफ्नो नाममा रहेको हुनुपर्नेछ ।