संसद् भवन अगाडि आफैलाई आगो लगाएका आचार्यको उपचारको क्रममा मृत्यु |
काठमाडौं । नयाँ बानेश्वरस्थित सघीय संसद् भवन अगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा मृत्यु भएको छ ।
उनको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले मंगलबार आफ्नो शरीरमा पेट्रोल हालेर आगो लगाएका थिए ।
आफूलाई आगो लगाउनुअघि आचार्यले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफू ठूलो आर्थिक संकटमा फसेको लेखेका थिए ।