कतार एयरवेजको गोथनवर्गसम्मको पहिलो उडान गोथनवर्ग ल्याण्डवेटर विमानस्थलमा अवतरण |

दोहा, कतार । दोहादेखि कतार एयरवेजको पहिलो नन् स्टप विमान स्विडेनको दोश्रो प्रवेशद्वारको रुपमा रहेको गोथनवर्ग ल्याण्डवेटर विमानस्थलमा अवतरण गरेको छ । अत्याधुनिक बोइङ द्यठडठ ड्रिमलाइनरद्वारा संचालित कतार एयरवेजको उडान १७७ दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलबाट बुधबार बिहान ८ः२० बजे प्रस्थान गर्दै गोथनवर्ग ल्याण्डवेटर विमानस्थलमा दिँउसो १ बजे अवतरण गरेको हो ।
गोथनवर्गसम्मको उक्त उडानमा कतार एयरवेजको वाणिज्य रणनीतिका वरिष्ठ उपाध्यक्ष श्रीसाइमन न्युटन स्मिथ पनि उपस्थित थिए ।
कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले भने, ʽहाम्रो युरोपेली नेटवर्क विस्तार गर्ने क्रममा गोथनवर्गजस्तो रमणीय शहरसम्मको प्रत्यक्ष उडान सेवा संचालनमा ल्याउन पाउँदा हामी निकै उत्साहित छौँ । यस नयाँ एवं महत्वपूर्ण नर्डिक मार्गले दुवै व्यावसायिक तथा गैरव्यावसायिक यात्रीहरुलाई थप सहजता प्रदान गर्दै स्विडेनका नागरिकहरुलाई १६५० भन्दा अधिक गन्तव्यहरु सहितको हाम्रो व्यापक विश्वव्यापी नेटवर्कमा जोड्न मद्दत पुर्याउने छ । गोथनवर्गको सुन्दर शहरले प्रदान गर्ने उत्कृष्ट अनुभवको अनुभूति गराउन हामी थप पर्यटकहरुलाई यहाँ ल्याउँने आशा राखेका छौँ । ʼ