पोखरा फाइनान्सको खुद नाफा २०.१२% ले बढ्यो |
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा पोखरा फाइनान्सले ३ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २०.१२% ले धेरै हो ।
गत वर्ष यसले २ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः पनि ४५.०३% र २०.१२% ले बढेको छ । यसले गर्दा पनि कम्पनीको नाफा बढ्न पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा पोखराले ११ अर्ब २१ करोड रुपैयाँ निक्षेप लगानी गर्दा ९ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यता, कम्पनीको खराब कर्जा भने १.५३% बाट बढेर ३.८६% भएको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ७६ पैसा छ ।