एभरेष्ट बैंकको ऊर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन |
काठमाडौँ । एभरेष्ट बैंकको ऊर्जा ऋणपत्रमा आवेदन दिने आज सोमबार माघ ९ गते अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । यस बैंकले पुस २५ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र जारी गरेको हो ।
यसमध्ये १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी ८ लाख इकाई सर्वसाधारणका लागि खुला गरेको छ । बैंकले १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र २०८९’ जारी गरेको हो । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यपिटलले गरेको छ ।
यसमा वार्षिक ७.५% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । न्यूनतम २५ इकाईदेखि सबै इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।