मह जोडीले बनाउन लागेको चलचित्र ‘दाल भात तरकारी’ मा शिवम् सिमेन्टको सहकार्य |

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेड र मह सञ्चारका बीचमा मह सञ्चार समूहले निर्माण गर्न लागेको नेपाली कथानक चलचित्र ‘दाल भात तरकारी’ का लागि आर्थिक तथा प्रवद्र्धनात्मक क्षेत्रमा सहकार्य गर्ने सम्झैता भएको छ ।
उक्त हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका सेल्स एन्ड मार्के्टिङ भाइस प्रेसिडेन्ट सजन देवकोटाको उपस्थिति रहेको थियो भने मह सञ्चारको तर्फबाट हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसीलगायतको उपस्थिति रहेको थियो ।
उक्त चलचित्र आगामी वैशाखमा रिलिज हुन भएको छ । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, निरुता सिंह, प्रियांका कार्की, बर्षा रावत, आँचल शर्मा, विल्सन बिक्रम राई, रविन तामाङ, शिशिर वाङदेल लगायतका कलाकार रहेका छन् । चलचित्रको निर्देशन सुदन केसीले गरेका छन् ।
मनोरञ्जनको मामिलामा ‘नो कम्प्रमाइज’ भन्दै शिवम् सिमेन्टले मह सञ्चारको अघिल्लो चलचित्र शत्रु गतेमा समेत सहकार्य गरेको थियो ।
उक्त सम्झौतामा मह सञ्चारका तर्फबाट किरण केसीले शिवम् सिमेन्टसँग सहकार्य गरी चलचित्र निर्माण एवम् प्रवद्र्धनमा थप टेवा पुग्नुका साथै अन्य ब्राडलाई समेत सहकार्य गर्न हौसला मिलेको बताए ।
शिवम् सिमेन्टले नो कम्प्रमाइजको नारासहित शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।