महालक्ष्मी विकास बैंकको नाफामा गिरावट |
काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३०.७४ प्रतिशतले नाफा घटेका अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकले पुस मशान्तसम्ममा ३१ करोड ६० लाख रुपैयाँ बढी नाफा कमाएको छ। गत वर्ष यही अवधिसम्म बैंकले ४५ करोड ६२ लाख नाफा कमाएको थियो।
बैंकको वितरणयोग्य मुनाफा १० करोड ७८ लाख रुपैयाँ रहेको छ।
दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा बैंकले ८६ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। दोस्रो त्रैमाससम्म बैंकले ४५ करोड ३९ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ।
समीक्षा अवधिसम्म बैंकले ४७ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरी ३६ अर्ब ९७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ४२ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ९१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
चुक्तापुँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको बैंकको रिजर्भमा २ अर्ब २ करोड रुपैयाँ छ।
बैंकको निष्क्रिय कर्जा २.८९ प्रतिशतबाट बढेर ४.५७ प्रतिशत पुगेको छ।
पुस मशान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी घटेर १५ रुपैयाँ ७६ पैसा छ। बैंकको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ९४ पैसा र पीई रेसियो २३.९९ गुणा रहेका छ।