एभरेष्ट बैंकको खुद नाफा ८९.२९% ले बढ्यो |
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकको खुद नाफा ८९.२९% ले बढेर १ अर्ब ५८ करोड ८० लाख ३ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा ८३ करोड ८९ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी ७२.५६% ले बढेर ३ अर्ब ६७ करोड २ लाख ४५ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ८९.२०% ले बढेर २ अर्ब २६ करोड ८४ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा २ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ ६८ पैसा छ । स्व–पुँजीमा प्रतिफल (आरओई) १३.४१% रहेको छ । प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०९ पैसाले बढेर २९ रुपैयाँ ६९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २२१ रुपैयाँ ३९ पैसा छ ।