सिद्धार्थ बैंकको यस्तो आयो वित्तीय विवरण |
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सिद्धार्थ बैंकको खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा २६.३८% ले घटेर १ अर्ब १६ करोड रुपैयाँमा झरेको छ ।
गत वर्षको यसैअवधिमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा इम्पेरिमेन्ट चार्ज ह्वातै बढेकाले खुद नाफा प्रभावित भएको हो ।
गत वर्ष ७ करोड ११ लाख रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज यो वर्ष १ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । वितरणयोग्य नाफा पनि ६९.२१% ले घटेर २१ करोड १९ लाख रुपैयाँमा झरेको छ ।
यसको प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ५९ पैसाले घटेर १६ रुपैयाँ ५३ पैसामा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ २९ पैसा छ ।